८ वर्षमा त्रिशूली खसेका २१ गाडी भेटिएनन्, ५५ जना बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका ८ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा ४ वटा, २०७५/७६ मा ४ वटा सवारीसाधन बेपत्ता भएका हुन् ।

आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, ९ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।रासस

बाढीले उपत्यकाका करिडोरको सडक प्रभावित, बल्खुमा ट्रक पल्टायो Read Previous

बाढीले उपत्यकाका करिडोरको सडक प्रभावित, बल्खुमा ट्रक पल्टायो

लुभुमा रुख ढल्दा लाकुरीभञ्ज्याङ जाने सडक अवरुद्ध Read Next

लुभुमा रुख ढल्दा लाकुरीभञ्ज्याङ जाने सडक अवरुद्ध