सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान एफपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ४ हजार ६७२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता र अर्को एक जनाले थप ०.५४५० कित्ता सेयर पाएका छन् । १६ लाख बढीको हात रित्तो भएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । उक्त एफपीओमा १५ लाख ६४ हजार ४२३ जनाले आवेदन दिए थिए । तीमध्ये १ हजार १०१ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

बाढीले ईखुवा जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता Read Previous

बाढीले ईखुवा जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

बाढीले उपत्यकाका करिडोरको सडक प्रभावित, बल्खुमा ट्रक पल्टायो Read Next

बाढीले उपत्यकाका करिडोरको सडक प्रभावित, बल्खुमा ट्रक पल्टायो