नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार भने ३५ महिना यताकै धेरै

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । आइतबार एकैदिन ११३ अंकले बढेको नेप्सेमा आज २० अंकको करेक्सन आएको हो ।

प्रफिट बुक गर्नेहरु हाबी हुँदा नेप्सेमा गिरावट आएको हो । सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा आइपुगेको छ ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे ३ अर्बले बढेर १९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो ३५ महिना यताकै धेरै हो ।

आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएके छ । फाइनानस समूहको परिसूच्क सर्वाधिक १.८८ प्रतिशतले बढेको छ भने व्यापार समूहको ४.५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त समूहको परिसूच्क ३.७१ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ६१ करोड १२ लाख रुपैयाँ बढीको ९ लाख ८८ हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंकको ५५ करोड बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका मध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा आज नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.७७ प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्तका सेयरधनीले ८.३५ प्रतिशत गुमाएका छन् ।

सहकारी ठगेर विदेश भागेका १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन Read Previous

सहकारी ठगेर विदेश भागेका १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन

राजस्वको लक्ष्य भेटाउने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन Read Next

राजस्वको लक्ष्य भेटाउने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन