सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट मिति तय

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट हुने मिति तय भएको छ ।

लघुवित्तको सेयर बिक्री प्रबनधक कुमारी क्यापिटलका अनुसार एफपीओ बुधबार बिहान ८ बजे हुनेछ ।

लघुवित्तले साउन ४ देखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीम ल्याएको थियो । उक्त एफपीओमा २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएका छन् ।

लघुवित्तको एफपीओ भर्ने मध्ये ९९.७२ प्रतिशत आवेदकले नपाउने भएका छन् । धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १) कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो ४६ हजार ७२९ कित्ता सेयर ४ हजार ६७२ जना अथार्त ०.२८ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १६ लाख ५० हजार बढीको हात रित्तो हुने देखिएको छ ।

हाल ९१ करोड ७ लाख ८२ हजार ५९८ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।

यस्ता छन् धितोपत्र बोर्डकाे चालु वर्षका नीति तथा कार्यक्रम (पूर्णपाठ) Read Previous

यस्ता छन् धितोपत्र बोर्डकाे चालु वर्षका नीति तथा कार्यक्रम (पूर्णपाठ)

सहकारी ठगेर विदेश भागेका १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन Read Next

सहकारी ठगेर विदेश भागेका १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन