काठमाडौं । यो साता सेयर बजारमा लगातार गिरावट आएको छ । अघिल्ला दुई सातामा करिब ६१ अंकले बढेको बजार यो साता करिब २२ अंकले घटेको छ । सेयर बजारमा गिरावट आएको छ । यो साता मंगलबार समान्य सुधार भएपनि अरु सबै दिन ओरालै लागेको छ ।
सेयर बजार मापक सूचक नेप्से आज २.४२ अंकले घटेर ११४९.६२ विन्दुमा आइपुगेको छ । आज १७२ कम्पनीको ४१ करोड ९० लाख ८८ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको छ । १२ लाख ८९ हजार १३४ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १२ वटा समूहमध्ये ६ समूहको सूचक ओरालो लागेका छन् भने ६ वटै समूहको सूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ३६.२२ अंकले घटेको छ भने उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै ३९.४६ अंकले बढेको छ ।
लगानीकर्ता आज एनएमबी बैंकको सेयरमा झुम्मिएका छन् । गत वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको बैंकको सेयर प्रति आकर्षित भएका हुन् । कारोबार रकमको आधारमा आजपनि एनएमबी बैंकको सेयर नै शीर्ष स्थानमा रह्यो । यसको १२ करोड ३१ लाख ९३ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.४० प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशतले घटेको छ ।