कम्बोडियाद्धारा नेपालमा भिसा सेवा सुरू

काठमाडौं । कम्बोडियाले नेपालमा पर्यटक र व्यापार भिसा सेवा सुरू गरेको छ ।

कूटनीतिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यले नेपालमा रहेको कम्बोडियाको मानार्थ वाणिज्य दूतावासले नेपाली नागरिकका लागि भिसा सेवा सुरू गर्ने घोषणा गरेको हो ।

नेपालमा भिसा सेवा सुरू भएसँगै दुई राष्ट्रहरू बीचको घनिष्ठ सहयोगलाई बढावा दिने विश्वास छ । नेपालका लागि कम्बोडियाका अवैतनिक वाणिज्यदूत क्याबिनेट श्रेष्ठले यस पहलले द्विपक्षीय सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भमिका खेल्ने बताए ।

‘नेपाल र कम्बोडिया बीचको बलियो सम्बन्धलाई सुदृढ गर्दै नेपाली नागरिकका लागि भिसा सेवा सुरू गर्न पाउँदा हामी खुसी छौं। यो पहलले द्विपक्षीय सम्बन्ध विस्तार गर्न र हाम्रा दुवै जनताका लागि सहज यात्रा सहज बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ। हामी यस नयाँ सेवा मार्फत थप सहयोग र समझदारी बढाउन तत्पर छौं,’ उनले भने ।

मानार्थ वाणिज्य दूतावासले कम्बोडिया र नेपाली दुवै नागरिकलाई सहयोग गर्न, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न र व्यापार र लगानीलाई सहजीकरण गर्न समर्पित रहेको छ।

पर्यटक भिसा (टी) एकल प्रवेशका ३० अमेरिकी डलर, ६ डलर प्रशासनिक शुल्क लाग्नेछ । भिसाको वैधता ३ महिनाको रहने छ ।

त्यस्तै, व्यापार भिसा (ई) एकल प्रवेशको शुलक ३५ अमेरिकी डलर, ७ डलर प्रशासनिक शुल्क रहेको छ । यसको वैधता ३ महिना रहने छ ।

१०६३ मेगावाटको अपर अरुण जलविद्युत् शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र Read Previous

१०६३ मेगावाटको अपर अरुण जलविद्युत् शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प Read Next

गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प