गुराँस लघुवित्तको नाफा साढे १५ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १४४८.५३ प्रतिशतले बढेको हो ।

लघुवित्तले गत आवको असार मसान्तसम्ममा २ करोड ५९ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा २ करोड ४३ लाख रुपैयाँ धेरै हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म १६ लाख ७६ हजारु रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा छलाङ मारेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १४१८.२४ प्रतिशतले बढेर ३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३४ करोड ९४ लाख रुपैयाँ निक्षेप र १ अर्ब १८ करोड रुपैयाँ सापटी लिई कुल १ अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ संचित छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँबाट बढेर २५.६१ रुपैयाँ पुगेको छ ।

असारसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ छ । यस अवधिमा लघुवित्तको खराब कर्जा २.६९ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ ।

भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा, व्यवसायी उत्साही Read Previous

भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा, व्यवसायी उत्साही

पृथ्वी राजमार्गमा पर्ने घरटहरा  घरधनी आफैंले नभत्काए सरकारी सुविधा रोकिने Read Next

पृथ्वी राजमार्गमा पर्ने घरटहरा घरधनी आफैंले नभत्काए सरकारी सुविधा रोकिने