काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तत्कालीन उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्त पदमा सरकारले अधिकारीलाई नियुक्त गरेको हो । उनी हाल आयोगको सदस्य थिए ।
अधिकारी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग पूर्वप्रमुख हुन् । उनले थाइल्याण्को चुलालोंगर्काेन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।
यस्तै, सरकारले योजना आयोगमा ६ सदस्यहरु पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले आरपी विच्छा, रमेश सिंह, गीताकुमारी पौडेल, प्रकाश श्रेष्ठ, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।