लीलादेवी गडतौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । यससँगै उनी पहिलो महिला मुख्यसचिव बनेकी छिन् ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै गडतौलालाई असार ९ निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो। त्यस्तै, असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

२०७७ कात्तिकमा सचिव भएकी गडतौला यही भदौ १५ गतेसम्म मात्र मुख्यसचिव रहने छिन् । ५८ वर्षे उमेरहदका कारण उनी भदौ सोही दिनदेखि अवकाश हुनेछिन् ।

गडतौला २०५२ साल पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्। उनी २०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव र २०७७ साल कात्तिकमा सचिवमा भएकी थिइन्।

१० महिनामा पनि पाएनन् रुकुम पश्चिमका भूकम्प पीडितले पहिलो किस्ता Read Previous

१० महिनामा पनि पाएनन् रुकुम पश्चिमका भूकम्प पीडितले पहिलो किस्ता

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त Read Next

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त