सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्तले एफपीओ जारी पछि कायम हुने चुक्ता पूँजीको १४.००५१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश पारित गर्न लघुवित्तले साउन ३२ गते १२औं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा लुभु पार्टी प्यालेस, लुभुमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

लघुवित्तले लाभांश प्रयोजनका लागि साउन २४ गते बुकक्लोज तोकेको छ । सो अनुसार साउन २३ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त Read Previous

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

पृथ्वी राजमार्गमा बिजुलीका पोल हटाउने कामले गति लिँदै Read Next

पृथ्वी राजमार्गमा बिजुलीका पोल हटाउने कामले गति लिँदै