एकैपटक १७ कम्पनीलाई कालोसूचीमा राखिँदै, सरकारले सोध्यो ७ दिने स्पष्टीकरण

काठमाडौं । सरकारले एकैपटक १७ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

देशभरका विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राख्न लागेको हो ।

कार्यालयले ती कम्पनीहरूलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिएको छ । आग्रह गरेको छ ।

कार्यालयले यसअघि ३० दिन भित्र स्ष्पटीकरण पेश गर्न भने पनि कुनै कम्पनीले नबुझाएपछि फेरि ७ दिनको म्याद दिएको हो ।

यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

बेनी-जोमसोम सडकमा पहिरो रोक्न 'रक एंकरिङ' सुरू Read Previous

बेनी-जोमसोम सडकमा पहिरो रोक्न 'रक एंकरिङ' सुरू

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त Read Next

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त