ओमोडाले रोप्यो ३ हजार विरुवा

काठमाडौं । नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ३ हजार विरुवा रोपेको छ ।

कम्पनीले टी-२० विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सीएसआर) अन्तर्गत देशका दुई वनमा ३ हजार वटा विरुवा वृक्षारोपण गरेको हो ।

कम्पनीले दक्षिणकाली नगरपालिकाको डोल्लु समुदायको सहकार्यमा डोल्लु सामुदायिक वनमा १ हजार ५०० विरुवा रोपेको छ । त्यस्तै, इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १५०० विरुवा रोपेको हो ।

वृक्षरोपन कार्यक्रममा देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागीता थियो ।

वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यो पहलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुका साथै हरियाली बढाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम रहेको कम्पनीको भनाइ छ ।

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

बीआरआई कार्यान्वयनको मोडल बारे छलफल जारी छ, निर्णय भएको छैन : पराराष्ट्रमन्त्री Read Next

बीआरआई कार्यान्वयनको मोडल बारे छलफल जारी छ, निर्णय भएको छैन : पराराष्ट्रमन्त्री