एभरेष्ट बैंकले संचालनमा ल्यायो क्रेडिट स्वचालन प्रणाली

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट-एक्स) संचालनमा ल्याएको छ । बैंकले एसबी सोलुसन्ससँग सहकार्य गर्दै उक्त प्रणाली संचालनमा ल्याएके हो ।

सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्रा हस्ताक्षर गरे ।

यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने छ ।

यस प्रणालीको प्रयोगबाट बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन् । साथै ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रियामा सहयोग हुनेछ ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड’को दुई विधामा सम्मानित Read Previous

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड’को दुई विधामा सम्मानित

साउ २७ देखि हकप्रद सेयर जारी गर्दै आँखुखोला जलविद्युत Read Next

साउ २७ देखि हकप्रद सेयर जारी गर्दै आँखुखोला जलविद्युत