भारतीय बजेटले के-के सस्तो बनायो ?

नयाँ दिल्ली । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि नयाँ बजेट पेस गरेकी छिन् । नरेन्द्र मोदी तेस्रो पटक सत्तामा आएपछिको यो पहिलो बजेट हो ।

बजेटमा पुरानो कर प्रणालीमा कुनै पनि हेरफेर गरिएको छैन । आयकर ऐनको ६ महिनाभित्र पुनरावलोकन गरिने सीतारमणले बताएकी छिन् । आयकरलाई सहज बनाइनेछ भने समयमा टीडीएस भुक्तानी नगर्नुलाई अपराध नमानिने उनले बताइन् ।

नयाँ कर प्रणाली छनोट गर्नेहरूका लागि स्ट्यान्डर्ड डिडक्शन ५० हजार भारुबाट बढाएर ७५ हजार भारुमा र्पुयाइएको छ ।

नयाँ कर प्रणाली अन्तर्गत वार्षिक ३ लाख भारुसम्म कुनै कर लाग्ने छैन । त्यसैगरी, ३ देखि ७ लाखसम्म ५ प्रतिशत, ७ देखि १० लाख भारुसम्म १० प्रतिशत, १२ देखि १५ लाखसम्म २० प्रतिशत र १५ लाखभन्दा माथिको वार्षिक आम्दानीमा ३० प्रतिशत कर लाग्ने छ ।

त्यस्तै, बजेटमा पूँजीगत लाभ छुट सीमा २५ हजार भारु बढाएर १ लाख २५ हजार भारुमा पुर्याइएको छ । लगानीकर्तामा लगाइएको एन्जल ट्याक्स हटाइएको छ । दीर्घकालीन पूँजीगत लाभकर (१ वर्षभन्दा माथि)को लगानीमा हुने नाफा १० प्रतिशतबाट बढाएर साढे १२ प्रतिशतमा पुर्याइएको छ । अल्पकालीन पूँजीगत लाभकरको सीमा १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएको छ ।

के सस्तो हुने भयो ?

बजेटमा औषधि र चिकित्सा उपकरणमा भन्सार घटाउने घोषणा गरिएको थियो । यसले क्यान्सरसँग सम्बन्धित औषधिको मूल्य घटाउनेछ ।

त्यस्तै, फोन र चार्जरमा लाग्ने भन्सार महसुल पनि १५ प्रतिशतले घटाइने घोषणा गरिएको छ । यसबाट फोन सस्तो हुनेछ । सुन र चाँदीमा भन्सार महसुल घटाउने घोषणा गरिएको छ ।

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन माग Read Previous

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन माग

भारतले नेपाललाई सवा ११ अर्ब अनुदान दिने, छिमेकीमा सबैभन्दा धेरै भुटानलाई Read Next

भारतले नेपाललाई सवा ११ अर्ब अनुदान दिने, छिमेकीमा सबैभन्दा धेरै भुटानलाई