१५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

झापा । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ रुपैयाँ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।

उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा यही नाका भएर रु। ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु। एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको ९ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड ४ लाख ३ हजार रुपैयाँको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए । रासस

आइपीओकै भाउमा निफ्राको सेयर बेच्दै एनआइसी एशिया, कहाँबाट दिने आवेदन ? Read Previous

आइपीओकै भाउमा निफ्राको सेयर बेच्दै एनआइसी एशिया, कहाँबाट दिने आवेदन ?

भारतीय अर्थतन्त्र दिगो रूपमा ७ प्रतिशतको दरले बढ्ने Read Next

भारतीय अर्थतन्त्र दिगो रूपमा ७ प्रतिशतको दरले बढ्ने