बिजुली प्रयोग गरेको प्रमाण दिनुपर्छ, उद्योगीले पैसा तिर्दैनौं भनेका छैनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योगीले प्रयोग गरेको बिजुलीको प्रमाण दिनुपर्ने बताएका छन् ।आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा उठेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘विद्युत् काटिएको पहिलो पटक होइन । यसअघि पनि काटिए के के मिलाइए फेरि जोडिए । फेरि लाइन काटिन्छ । फेरि के–के मिलाइन्छ फेरि जोडिन्छ’ उनले भने, ‘उद्यमीले तिर्दिन भनेका छैनन् । हामीले जति प्रयोग गरेका हौं, त्यो तिर्छौं भनेका छन् । प्रयोग कुन गरेको गरेको हो भन्ने सरकारले प्रमाण त दिनुपर्छ नि ।’

उनले प्राधिकरणले आफूलाई जति मन लाग्यो त्यति मनपरी असुल्न नपाउने बताए । ‘तिमी धनी छौं । मलाई यति असुल्न मन छ, मलाई यति चाहिन्छ भनेर हुन्छर ?’ ओलीले प्रश्न गरे । लिनुपर्ने जति मात्रै पैसा असुल्नु पर्ने तर मनलागे जति असुल्न नपाउने उनले बताए ।

प्रधानमन्त्री ओलीले महसुल अशुल्ने नाममा कुलमान घिसिङले उद्योग बन्द गराइदिएको बताए । उद्योग बन्द गरेर मात्र पैसा नआउने उनको भनाइ छ ।

उनले प्राधिकरणले २४ घण्टा बिजुली दिने भनेर तार मात्र जोडेको तर बिजुली नदिएको बताए । ‘डेडिकेटेट र ट्रंक लाइन भनेको तार जोड्ने मात्रै होइन । तार जोडर मात्रै हुँदैन । तार जोडेपछि बिजुली पनि दिनुपर्छ,’ उनले भने, ‘चौबिस घण्टा बिजुली दिन्छु भनेर लाइन जोडेर लोडसेडिङ गरिएको छ ।’

उनले आफूले प्राधिकरणलाई पैसा नउठाउन भन्यो भनेर अफवाह फैलाइएको बताए ।

सूर्योदय वोमी लघुवित्तको एफपीओमा ३०६ गुणा धेरै आवेदन, कतिले भरे ? Read Previous

सूर्योदय वोमी लघुवित्तको एफपीओमा ३०६ गुणा धेरै आवेदन, कतिले भरे ?

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा छुट पाउने Read Next

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा छुट पाउने