सूर्योदय वोमी लघुवित्तको एफपीओमा ३०६ गुणा धेरै आवेदन, कतिले भरे ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा मागभन्दा ३०६ गुणा धेरै आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबार अपराह्न ५ः०६ बजेसम्म लघुवित्तको आइपीओमा कुल १ करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ३०५.६७ गुणा धेरै हो ।

हालसम्म कुल ९ लाख ५३ हजार ८८३ जनाले आवेदन दिएको सीडीएसले जनाएको छ । लघुवित्तले साउन ४ गतेदेखि लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थागत र सर्वसाधरणको सेयर हिस्सा मिलाउनका लागि एफपीओ जारी गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएर बनेको सूर्योदय वोमी लघुवित्तमा संस्थापकको सेयर हिस्सा बढेका कारण सर्वसाधरणको ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।

जुनसुकै हालतमा बक्यौता उठाउने प्राधिकरण ट्रेड युनियनको चेतावनी Read Previous

जुनसुकै हालतमा बक्यौता उठाउने प्राधिकरण ट्रेड युनियनको चेतावनी

बिजुली प्रयोग गरेको प्रमाण दिनुपर्छ, उद्योगीले पैसा तिर्दैनौं भनेका छैनन् : प्रधानमन्त्री ओली Read Next

बिजुली प्रयोग गरेको प्रमाण दिनुपर्छ, उद्योगीले पैसा तिर्दैनौं भनेका छैनन् : प्रधानमन्त्री ओली