काठमाडौं । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याएको छ ।
झण्डै ४० वर्षदेखि प्रयोगमा नरहेको दमकल आइतबार एक कार्यक्रम बीच पुनः प्रयोगमा ल्याइएको हो ।
उक्त दमकललाई आजै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला परिक्रमा गराइने छ ।यो दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग रहेको दमकलको सङ्ख्या ६ पुगेको छ ।
इतिहास बोकेको दमकल पुन प्रयोग गर्न पाउँदा निकै हर्षित भएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।