काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सहकारी ठगलाई कारबाही हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्याकालमा सरकारी पीडितको न्यायका लागि उचित काम गर्ने बताएका हुन् ।
‘सहकारी ठगलाई कानुनी कारबाही हुन्छ। सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्सन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले आफ्नो कार्यकालमा भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई गर्न नदिने बताएका छन्। ‘एउटा कुरा दुनियाँले सुन्ने गरी भन्न चाहन्छु। हामी भ्रष्टाचार गर्र्दैनौं, भ्रष्टाचार सहन्नौँ। कसैलाई गर्न दिन्नौँ,’ ओलीले भने ।
उनले अख्तियारको दुरुपयोगसँग जोडिएका विषय छानबिन तथा अनुसन्धान गर्ने बताए । ‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषय छानबिन तथा अनुसन्धान गर्छौं यसमा ढुक्क भए हुन्छ,’ उनले भने ।