विश्वका धेरै देशमा आइटी समस्या, हवाई उडान प्रभावित

काठमाडौं । शुक्रबार विश्वका धेरै देशमा सूचना प्रविधि (आइटी) क्षेत्रमा अचानक समस्या देखिएको छ ।

अमेरिका, युरोपेली देशहरू र अस्ट्रेलियाको आइटी क्षेत्रमा समस्या देखिएको हो । माइक्रोसफ्ट सफटवेयर अवरुद्ध हुँदा समस्या आएको बताइएको छ । माइक्रोसफ्टले समस्याको सम्बोधनका लागि पहल भइरहेको जनाएको छ ।

आइटी समस्यका कारण विश्वका केही विमानस्थलको हवाई सेवा प्रभावित भएको सीएनएनले जनाएको छ । वेलायतको लन्डन, नेदरल्यान्डसको आर्मस्टर्डम, जर्मनीको बर्लिन ब्रान्डेनवर्ग,स्कटल्यान्ड, अस्ट्रेलिया, जर्मनीलगायत मुलुकमा हवाई सेवामा अवरोध भएको छ । बेलायतका रेल कम्पनी पनि प्रभावित भएको छ ।

त्यस्तै, अमेरिकामा डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सका विमान पनि शुक्रबार बिहान सञ्चार सम्बन्धी मुद्दालाई लिएर ग्राउन्डेड गरिएका छन् ।

त्यसैगरी, अष्ट्रेलियामा आईटी सम्बन्धी अवरोधका कारण बैंक तथा विमान कम्पनीको सेवा अवरुद्ध भएका थिए ।

अतिरिक्त समयमा सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको आग्रह Read Previous

अतिरिक्त समयमा सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको आग्रह

नेपाली बजारमा अनर २०० सिरिजको प्रिबुकिङ खुला Read Next

नेपाली बजारमा अनर २०० सिरिजको प्रिबुकिङ खुला