सूर्योदय वोमी लघुवित्तको एफपीओ खुल्यो, कति कित्ता भर्ने ?

FPO

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज (कार्यालय समयदेखि) थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले संस्थागत र सर्वसाधरणको सेयर हिस्सा मिलाउनका लागि एफपीओ जारी गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएर बनेको सूर्योदय वोमी लघुवित्तमा संस्थापकको सेयर हिस्सा बढेका कारण सर्वसाधरणको ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीअ‍ो निष्काशनपछि ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।

नेपालसहित ४ देशमा दिवा खाजाका लागि साढे ५३ करोड सहायता घोषणा Read Previous

नेपालसहित ४ देशमा दिवा खाजाका लागि साढे ५३ करोड सहायता घोषणा

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआइबीको आग्रह Read Next

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआइबीको आग्रह