नेपालसहित ४ देशमा दिवा खाजाका लागि साढे ५३ करोड सहायता घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआइएफ) ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग घोषणा गरेको छ ।

ती संस्थाले नेपालसहित चार देशका दिवा खाजका कार्यक्रमलाई आज ४० लाख अमेरिकी डलर (करिब ५३ करोड ५० लाख रुपैयाँ)बराबरको अनुदान सहयोग घोषणा गरेका हुन् ।

उक्त अनुदानबाट नेपालको कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका आठ सयभन्दा बढी विद्यालयका कक्षा पाँचसम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेरा, विश्व खाद्य कार्यक्रमका देशीय प्रतिनिधि रोबर्ट कास्का र शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले उक्त अनुदानको घोषणा गरेका हुन् । अध्यक्ष फाब्रिसियाले बालबालिकालाई पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच दिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।

देशीय प्रतिनिधि कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खानाका साथै किसानलाई सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गराउन लागिपर्ने बताए।

एलसीआइएफले अहिलेसम्म अनुदानमार्फत १अर्ब २ करोड अमेरिकी डलर (१ खर्ब ६० अर्ब रुपैयाँ) भन्दा धेरै अनुदान सहायता वितरण गरिसकेको जनाइएको छ ।

पेट्रोल गाडीमा 'लोन टु भ्यालु रेसियो' बढाउन नाडाको माग Read Previous

पेट्रोल गाडीमा 'लोन टु भ्यालु रेसियो' बढाउन नाडाको माग

सूर्योदय वोमी लघुवित्तको एफपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Next

सूर्योदय वोमी लघुवित्तको एफपीओ खुल्यो, कति कित्ता भर्ने ?