कोशीका ३ स्थानमा सवारी पट्के बाटो इजाजत केन्द्र स्थापना, प्रतिकिमी २ रुपैयाँ तिर्नुपर्ने

मोरङ । कोशी प्रदेशका तीन जिल्लामा सवारी पटके बाटो इजाजत राजस्व सङ्कलन केन्द्रको उद्घाटन गरिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मंगलबार विराटनगर-४ स्थित यातायात व्यवस्था सेवा कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टाबारी र झापाको चारआलीको सवारी पटके बाटो इजाजत राजस्व सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरे ।

सवारी राजस्व केन्द्र २४ घण्टा सञ्चालन हुनुका साथै यहाँबाट भारतीय सवारीसाधन सानो चारचक्केको ५०० रुपैयाँ, ठूला सवारीसाधनको १हजार ५०० रुपैयाँ, स्वदेशी चारचक्के सवारीसाधनलाई प्रतिकिलोमिटर २ रुपैयाँ इजाजत दस्तुर लिने व्यवस्था रहेको छ ।

केन्द्रले विराटनगरबाट वार्षिक ४० देखि ५० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ ।

त्यस अवसरमा मन्त्री अधिकारीले केन्द्रबाट भारतीय पर्यटकीय सवारीसाधनले सहज र सरल रूपमा सेवा प्राप्त गर्ने बताए । उनले इजाजतबाट स्वदेशी तथा विदेशी सवारीसाधनलाई बाटोमा कुनै किसिमको बाधा, व्यवधान र झन्झट बेहोर्नु नपर्ने विश्वास व्यक्त गरे ।

१ वर्ष म्याद कटेका प्राइभेट फर्म नवीकरण हुने, ५५०० सम्म जरिवाना लाग्ने Read Previous

१ वर्ष म्याद कटेका प्राइभेट फर्म नवीकरण हुने, ५५०० सम्म जरिवाना लाग्ने

काठमाडौं महानगरले फेरि सुरू गर्‍यो न्युरोडमा फुटपाथ विस्तार Read Next

काठमाडौं महानगरले फेरि सुरू गर्‍यो न्युरोडमा फुटपाथ विस्तार