सानिमा बैंकले पाटन अस्पताललाई आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा एटीएम संचालनमा रहेका छन् ।

मुस्ताङमा १ वर्षमा पुगे सवा ४ लाख पर्यटक Read Previous

मुस्ताङमा १ वर्षमा पुगे सवा ४ लाख पर्यटक

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली Read Next

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली