चन्द्रागिरि-चित्लाङ सडक साउन २० गतेसम्म बन्द हुने

काठमाडौं । थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड आगामी साउन २० गतेसम्म बन्द हुने भएको छ ।

हाल उक्त सडक मर्मतको क्रममा रहेकाले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द गरिने भएको हो ।

वर्षायाममा सडक मर्मतको काम भइरहेकाले सवारीसाधन संचालन गर्दा जोखिम बढ्ने भएकाले सडक बन्द गरिएको सडक डिभिजन काठमाडौंले जनाएको छ ।

डिभिजनका अनुसार चन्द्रागिरि-चित्लाङ सडकखण्डको सेतो पहरो क्षेत्रमा उच्च ग्रेड कम गर्न ‘ग्रेड डाउन’ गर्ने काम भइरहेको छ । त्यस्तै, चौडाइ कम भएको ठाउँमा ‘ब्याक कटिङ’ को काम भइरहेको डिभिजनले जनाएको छ ।

भोटेकोसी हाइड्रोको ढलान भत्किँदा मृत्यु भएका कामदारका परिवारलाई ३० लाख दिइने Read Previous

भोटेकोसी हाइड्रोको ढलान भत्किँदा मृत्यु भएका कामदारका परिवारलाई ३० लाख दिइने

सेयर बजार २६ महिना यताकै उच्च विन्दुमा Read Next

सेयर बजार २६ महिना यताकै उच्च विन्दुमा