एमाले विरुद्ध प्रचण्ड आक्रमक, संविधान संशोधनमा खेलाँची नगर्न चेतावनी (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेप्रति आक्रमक भएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले एमाले प्रति आक्रमक अभिव्यक्ति दिएका हुन् ।

उनले एमाले अध्यक्षका अध्यक्ष केपी शर्मा ओली अझै पनि कुण्ठा र प्रतिशोधबाट बाहिर आउन नसकेको बताए । ‘केही मान्छेहरू कहिल्यै पनि कुण्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाब नै गर्न सकिनँ,’ उनले ओलीतर्फ संकेत गर्दै भने ।

उनले आफूले ओलीको  षड्यन्त्र आफूले बुझ्न नसकेको बताएका छन् । ‘वामपन्थी नै परेँ, कम्युनिस्ट एकता गरौं, पश्चिम बंगाल जस्तो भइन्छ अर्को चुनावमा त भनेपछि हो त नि भन्ने लाग्यो’ उनले अगाडि भने, ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन ढिलो गरेँ ।’

त्यस्तै, उनले विगतमा दुई दुई पटक संसद विघटन गरेका ओलीले फेरि नगर्ला भन्न नसकिने बताए । उनले कांग्रेसलाई संविधानको रक्षा गर्न समेत आग्रह गरे ।

उनले काँग्रेस र एमाले स्वार्थ र डरले मिल्ने अवस्थामा पुगेको बताए । ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?,’ उनले प्रश्न गरे । दुई ठूला दलहरूको मिल्तीले निरंकुसता बढाउने उनको दाबी गरेको छ ।

यस्तै, उनले दुर्वै दललाई संविधान संशोधन जस्तो पेचिलो विषयमा खेलाँची चेतावनी दिए । प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर कांग्रेस र एमाले ०४७ कै वरिपरि फर्किन खोजेको आरोप लगाए । ‘संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला’ उनले भने, ‘राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

उनले संविधान सभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पारे ।

यस्तो क्षेत्र प्रधानमन्त्री दाहालले राखेको मन्तव्यको पूर्णपाठ

 

जेठ २८ यता बाढीपहिरोबाट १०१ जनाको मृत्यु Read Previous

जेठ २८ यता बाढीपहिरोबाट १०१ जनाको मृत्यु

अब 'जोखिमको सूचना' जारी भएका दिन रात्रि बस चलाउन नपाइने, टिकट अनिवार्य Read Next

अब 'जोखिमको सूचना' जारी भएका दिन रात्रि बस चलाउन नपाइने, टिकट अनिवार्य