२० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८१’ मंगलबारदेखि बिक्री शुरु गरेको छ ।

 

वार्षिक १० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो । उक्त बचतपत्र यही पुस २१ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ ।

 

बैंकले घटीमा पाँच हजारदेखि बढीमा पाँच हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

 

सो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन् ।

 

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ । बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

निर्धारित समयभन्दा ५ महिनाअघि नै सकियो त्रिभुवन विमानस्थलको धावनमार्ग कालोपत्रेको काम Read Previous

निर्धारित समयभन्दा ५ महिनाअघि नै सकियो त्रिभुवन विमानस्थलको धावनमार्ग कालोपत्रेको काम

धार्मिक पर्यटकलाई लक्षित गर्दै सीता र माउन्टेन एयरको हवाई प्याकेज Read Next

धार्मिक पर्यटकलाई लक्षित गर्दै सीता र माउन्टेन एयरको हवाई प्याकेज