साउन ४ गतेदेखि एफपीओ जारी गर्दै सूर्योदय वोमी लघुवित्त

FPO

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले संस्थागत र सर्वसाधरणको सेयर हिस्सा मिलाउनका लागि एफपीओ जारी गर्ने भएको हो ।

साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएर बनेको सूर्योदय वोमी लघुवित्तमा संस्थापकको सेयर हिस्सा बढेका कारण सर्वसाधरणको ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ जारी गर्ने भएको हो ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीअ‍ो निष्काशनपछि ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।

सेयर किन्न ठूलो रकम ऋण लिने २०.४ प्रतिशत बढे Read Previous

सेयर किन्न ठूलो रकम ऋण लिने २०.४ प्रतिशत बढे

यात्रामा निस्किँदै हुनुहुन्छ ? यी नम्बरमा फोन गरेर सकडको अवस्था बुझ्नुहोस् Read Next

यात्रामा निस्किँदै हुनुहुन्छ ? यी नम्बरमा फोन गरेर सकडको अवस्था बुझ्नुहोस्