काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १५ अंकले बढेको नेप्से आज २३ अंकले बढेको हो ।
बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोड रुपैयाँ बढेर ५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले बढेको छ ।
आज हाथवे इन्भेष्टमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड ८ लाख रुपैयाँ बढीको १ लाख ४८ हजार १०३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिद्धार्थ बैंक डिबेन्चर २०८३ र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, सिक्लेस हाइड्रोपावरको ८.३२ प्रतिशत, एनआइसी एशिया लघुवित्त ७.८१ प्रतिशत, गणपति लघुवित्त ७.११ प्रतिशत, जानकी फाइनान्सको ६ प्रतिशतले बढेको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।