नौबिसे-मलेखु सडक १५ दिनसम्म राति बन्द हुने, यो वैकल्पिक सडक प्रयोग गर्न सकिने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसेमलेखु सकड आजदेखि साउन १५ गतेसम्म (१५ दिन) राति ५ घण्टा बन्द हुने भएको छ ।

नागढुंगामुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक हरेक दिन राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने जानकारी गराएको हो ।

यस सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलमा गर्डर लञ्चिङ गर्नुपर्ने भएकाले सडक बन्द गरेर काम गर्न लागिएको आयोजनाले बताएको छ ।

यस अवधिमा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय लगायतका सवारीसाधन भने चल्न सक्नेछन् ।यो सडकमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन र ओभर टेक नगर्न आयोजनाले आग्रह गरेको छ ।

यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने समेत आयोजनाले जनाएको छ ।

आयोगको प्रतिवेदन लागू नगरी प्राधिकरणले उल्टो धम्क्याउन थाल्यो : व्यवसायी Read Previous

आयोगको प्रतिवेदन लागू नगरी प्राधिकरणले उल्टो धम्क्याउन थाल्यो : व्यवसायी

प्राधिकरणले काट्यो रिलायन्स स्पिनिङ सहित ३ ठूला उद्योगको बिजुली Read Next

प्राधिकरणले काट्यो रिलायन्स स्पिनिङ सहित ३ ठूला उद्योगको बिजुली