राष्ट्रिय सभाबाट पनि पारित भयो बजेट, अब राष्ट्रपति समक्ष पठाइने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक पारित गरियोस् भनी अर्थमन्त्री वर्षमान पुनले सभासमक्ष प्रस्ताव गरेका थिए ।

दुवै सदनबाट पारित भएको विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणपछि नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि लागू हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा सांसदको संशोधन (सुझाव) का आधारमा आगामी बैठकमा दफाबार छलफल हुनेछ ।

निर्माण व्यवसायीले पाएनन् ६० अर्ब भुक्तानी, भन्छन्-'आत्महत्या गनुपर्ने अवस्था आयो' Read Previous

निर्माण व्यवसायीले पाएनन् ६० अर्ब भुक्तानी, भन्छन्-'आत्महत्या गनुपर्ने अवस्था आयो'

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा Read Next

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा