सरकारले तोक्यो धानको समर्थन, किसानले प्रतिक्विन्टल ३४१० रुपैयाँ पाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । बिहीबारबसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो ।

सूचना तथा सञ्चार मन्त्री रेखा शर्माका अनुसार सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४१०.५१ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार ५८०.६२ रुपैयाँ तोकेको छ ।

चालु वर्षको तुलनामा सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २१२ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २१८ रुपैयाँ बढाएको हो ।

चालु आवका लागि सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ प्रतिक्विन्टल तोकेको थियो ।

सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छुट्टै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।

ढकालको प्रतिवेदनमा रवि माथि १४ प्रश्न (पूर्णपाठ) Read Previous

ढकालको प्रतिवेदनमा रवि माथि १४ प्रश्न (पूर्णपाठ)

सरकारले क्रसर उद्योग नवीकरणका लागि आवश्यक व्यवस्था गर्ने, आन्दोलन स्थगित  Read Next

सरकारले क्रसर उद्योग नवीकरणका लागि आवश्यक व्यवस्था गर्ने, आन्दोलन स्थगित