काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक भएको छ ।
ढकालले ३८ जिल्लाको स्थलगत भ्रमण गरी तयार पारेको प्रतिवेदन पार्टीले बिहीबार सार्वजनिक गरेको हो । यद्यपि, प्रतिवेदनको अधिकांश भाग यसअघि नै संचारमाध्यममा आइसकेको थिए ।
ढकालको प्रतिवेदनमा पार्टीभित्र विकृति बढेको, पार्टीको वर्तमान अवस्था र भविष्य, कार्यकर्ताको गुनासो, पार्टीका सांसद तथा मन्त्रीहरूको कार्यशैली, सभापति रवि लामेछाने माथि उठेको प्रश्नहरू उल्लेख गरिएको छ ।
ढकालले प्रतिवेदनमा पार्टी सभापति लामिछाने माथि पहिलोपटक प्रश्नैप्रश्न उठेको उल्लेख गरेका छन् । उनले लामिछाने माथि सभापति आफैं गृहमनत्रीमा किन गएको ?, जीबी राई कहिले समातिन्छन् ?, पार्टीका किन ग्यालेक्सी टिम धेरै भयो ? लगायत १४ वटा प्रश्न उठाएका छन् ।
ढकालले यो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको भन्दै ढकाललाई बुधबार राति महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरिएकाे छ ।
यस्तो छ ढकालको प्रतिवेदन