नागढुंगा-नौबिसे सडक आज र भोलि राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । नागढुंगा-नौबिसे सडकखण्ड (त्रिभुवन राजपथ) दुई रात बन्द हुने भएको छ ।

धादिङको नौबिसे खोला पुलको ‘ग्रिडर लन्चिङ’को काम गर्नुपर्ने भएकाले आज र भोलि (असार १९ र २० गते) राति उक्त सडक बन्द हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उक्त सडक राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुनेछ ।

उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधन पूर्ण रूपमा रोकिने उनले बताए ।

दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गका रूपमा धार्के-सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार Read Previous

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नागरिक लगानी कोष र हिमालय ऊर्जाको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

नागरिक लगानी कोष र हिमालय ऊर्जाको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?