नागरिक लगानी कोष र हिमालय ऊर्जाको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सले बुधबार नागरिक लगानी कोष र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

लगानी कोषले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको १४ प्रतिशत लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि कोषको नयाँ सेयर मूल्य ४ हजार १८७३.६८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिमालय ऊर्जाले १०० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि हिमालय ऊर्जाको नयाँ मूल्य प्रतिकित्ता १८४.५० रुपैयाँ निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्ने छ।

नागढुंगा-नौबिसे सडक आज र भोलि राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह Read Previous

नागढुंगा-नौबिसे सडक आज र भोलि राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

एउटै व्यक्ति दुई सहकारीको संचालक हुन नपाउने, ३० दिन भित्र दोहोरो पद छोडिसक्न निर्देशन Read Next

एउटै व्यक्ति दुई सहकारीको संचालक हुन नपाउने, ३० दिन भित्र दोहोरो पद छोडिसक्न निर्देशन