काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । बुधबार साढे ११ अंकले घटेको नेप्से आज ८ अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ करोडले घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । बैंकिङ समूह स्थिर रहेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ भने अन्य समूह ०.९५ प्रतिशतले बढेको छ ।
आज पनि नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ७६ लाख रुपैयाँ बढीको २ लाख ३८ हजार ४१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ ।
घट्दो बजारमा आज त्रिशूली जलविद्युत् कम्पनीका सेयरधनीले सर्वाधिक ७.०९ प्रतिशत कमाएका छन् भने नेपाल फाइनान्स सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।