उद्योग परिसंघ र बेलायती राजदूत बीच आर्थिक सम्बन्ध विस्तारमा छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेन बीच भेटवार्ता भएको छ । परिसंघ सचिवालयमा भएको भेटवार्तामा द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको छ ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने बताए ।

परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान संचालन गरिरहेको जानकारी दिँदै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको अग्रवालले बताए ।

उनले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरुलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे ।

नेपालको पूर्वाधार, विद्युत तथा नवीकरणीय उर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्दै उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।

छलफलमा नेपालका लागी बेलायती राजदुत फेनले नेपालमा आर्थिक गतिविधिहरु संचालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए ।

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु Read Previous

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरणको स्वीकृति Read Next

चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरणको स्वीकृति