अब व्यवसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने, ५ हजार जरिवाना हुने

काठमाडौं । अब कुनै पनि व्यावसायिक कारोबारको रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने भएको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नपाइने जानकारी गराएको हो ।

‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ सूचनामा भनिएको छ ।

यससँगै अब जुन सुकै व्यवसायको छुट्टै बैंक खाता खोली कारोबार गर्नुपर्नेछ ।

यदि व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरेको भेटिएमा हरेक पटक ५ हजार रुपैयाँ वा कुल कारोबारको २ प्रतितश रकम मध्येको जुन बढी हुन्छ सो रकम बरावरको जरिवाना लाग्ने विभागले जनाएको छ ।
यस व्यवस्थाले कर चुहावट कम गर्न सहयोग पुग्ने विभागको भनाइ छ ।

धाप ड्यामबाट उपत्यकामा दैनिक ४ करोड लिटर पानी वितरण सुरू Read Previous

धाप ड्यामबाट उपत्यकामा दैनिक ४ करोड लिटर पानी वितरण सुरू

फाइनान्स समूहको परिसूचक ७ महिनामै ५९% बढ्यो, किन बढ्दै छ आकर्षण ? Read Next

फाइनान्स समूहको परिसूचक ७ महिनामै ५९% बढ्यो, किन बढ्दै छ आकर्षण ?