काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार ३ अंकले बढेको नेप्से आज साढे ५ अंकले बढको हो ।
मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ बिन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८९ करोडले घटेर ४ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । लगानी समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले बढेको छ भने फाइनान्स समूह २.५२ प्रतिशतले घटेको छ ।
आज आरएसडीसी लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८३ लाख रुपैयाँ बढीको २ लाख २४ हजार ९९२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८४/८५ र मकर जितुमाया सुरी हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज साधना लघुवित्तका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।