निफ्राबाट बाहिरिँदै एनआइसी एसिया, प्रतिकित्ता १०१ रुपैयाँमै सेयर बेच्दै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको बैंकको सेयर असार १० गतेदेखि लिलामीमा ल्याउने भएको हो ।

उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

खरिदकर्ताले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ घटाउन पाइने छैन ।

इच्छुक लगानीकर्ताले असार १७ गतेभित्र एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, मोरङ, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा आवेदन दिनुपर्नेछ ।

रारा जाने नाग्म-गमगडी सडक फराकिलो बनाइँदै, १५ दिन बन्द हुने Read Previous

रारा जाने नाग्म-गमगडी सडक फराकिलो बनाइँदै, १५ दिन बन्द हुने

बैंकमा पैसा थुप्रिँदा सीडी रेसियो ८० प्रतिशतभन्दा तल झर्यो Read Next

बैंकमा पैसा थुप्रिँदा सीडी रेसियो ८० प्रतिशतभन्दा तल झर्यो