पहिराले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्रु अलपत्र

लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ ।

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए ।

सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

विजय लघुवित्तले एफपीओ जारी गर्ने Read Previous

विजय लघुवित्तले एफपीओ जारी गर्ने

आइएमई समूहले ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् निर्माण गर्दै, जुट्यो लगानी Read Next

आइएमई समूहले ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् निर्माण गर्दै, जुट्यो लगानी