काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थापक र साधरण सेयरधनीको सेयर अनुपात मिलाउन एफपीओ जारी गर्ने भएको हो ।
एफपीओ निष्काश गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार ३० गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
यस्तै, कम्पनीले सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हसिाब पेस गर्ने आव आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।
कम्प्नीले साधरण सभा प्रयोजनका लागि असार १७ गते बुक क्लोज तोकेको छ । सो अनुसार असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।