आफ्नो खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआइसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई आफ्नो खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको हो ।

ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको हो ।

ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com  वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेट अप्सनमा क्लिक गरी आफ्नो प्यान अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई टीडीएस रेकर्डमा जनाउनको लागि प्यान नम्बर आवश्यक रहेको बैंकले जनाएको छ । प्यान अपडेट भएपछि मात्रै ई टीडीएस विवरण प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुनपर्ने बैंकले जनाएको छ ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा जानकारी गराएको छ ।

बैंकले हाल देशभरका ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३०% सम्म छुट Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३०% सम्म छुट

चालु वर्षमा भित्रिए साढे ११ हजार ईभी, यी ४ महिनामा मात्रै ६० प्रतिशत आयात Read Next

चालु वर्षमा भित्रिए साढे ११ हजार ईभी, यी ४ महिनामा मात्रै ६० प्रतिशत आयात