वाइवाइ चाउचाउको आइपीओ आउने, न्यूयोर्क स्टकमा सूचीकृत गराउने

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले वाइवाइ चाउचाउको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने बताएका छन्।

 

पोखरामा जारी आइएमई लिटरेचर फेस्टिभलमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै वाइवाइको सेयरलाई अमेरिकी सेयर बजार न्यूयोर्क स्टकमा सूचीकृत गराउने बताए ।

 

उनले भने ‘वाइवाई कुनै दिन न्यूयोर्क स्टकमा लिस्टेड होस्, नेपालको पहिलो कम्पनी न्यूयोर्क स्टकमा लिस्टेड होस्, नेपालीहरुले सहभागिता जनाउन सकुन् ।’ तर त्यसअघि वाइवाइ चाउचाउ नेपालको स्कट एक्सचेञ्जमामा सूचीकृत हुने बताए ।

 

पछिल्ला दिनमा वाइवाइ चाउचाउ विश्वभरी परिचत ब्राण्ड बन्ने क्रममा रहेको उनले बताए । नेपाल, भातर र युरोपसम्म विस्तार भएको वाइवाइ उत्पादक चौधरी ग्रुपले हालै मात्र कजाकस्तानबाट उत्पादन सुरु गरेको छ भने निकट भविष्यमा बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा रहेको उनले बताए ।

 

पछिल्लो समय नेपाल भारतलगायत अन्य राष्ट्रहरुमा गरी वाइवाई चाउचाउ उत्पादन प्लान्टको संख्या १७ पुगेको छ।

फास्ट ट्रयाकमा पर्ने २७ हजार रूख काटियो, १ रुख बराबर २५ रुख रोप्नुपर्ने Read Previous

फास्ट ट्रयाकमा पर्ने २७ हजार रूख काटियो, १ रुख बराबर २५ रुख रोप्नुपर्ने

सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ताले गुमाए एकै दिनमा १६ अर्ब Read Next

सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ताले गुमाए एकै दिनमा १६ अर्ब