काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । ३ कारोबार दिनमा लगातार ४५ अंकले घटेर बुधबार २ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेकोे छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले बढेर ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
आज ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले बढेको छ भने होटल समूह ०.९२ प्रतिशतले घटेको छ ।
आज माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ ।
घट्दो बजारमा आज कालिका लघुवित्तका सेयरधनीले सर्वाधिक ७.७१ प्रतिशत कमाएक छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ९.२८ प्रतिशत गुमाएका छन् ।