नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार १७ अंकले घटेको नेप्से आज सोभन्दा धेरै अंकलेले घटेको हो ।

मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४२ करोडले घटेर ४ अर्ब ५ करोड रुपैयाँ सीमित भएको छ ।

आज ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले घटेको छ ।

आज बरुण हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड २७ लाख रुपैयाँको ३ लाख ६२ हजार १२४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ४० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।

घट्दो बजारमा समाज लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

सिद्धबाबाको सुरुङ खन्ने काम झण्डै १३ प्रतिशत सकियो Read Previous

सिद्धबाबाको सुरुङ खन्ने काम झण्डै १३ प्रतिशत सकियो

प्रभु बैंकको नयाँ शाखा मुगुको गमगढीमा Read Next

प्रभु बैंकको नयाँ शाखा मुगुको गमगढीमा