काठमाडौं । हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण भएका छन् । बैंकले सिभिल बंैकलाई गाभेपछि एकै स्थानमा रहेका दुई शाखामध्ये एउटा शाखा अन्यत्रै स्थानान्तरण गरेको हो ।
बैंकका अनुसार काठमाडौंको त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौं महानगरपालिका वडा नं ११, थापाथलीबाट सेवा सुरु गरिएको छ ।
त्यस्तै, चितवनको नारायणगढ शाखालाई स्थानान्तरण गरी भरतपुर महानगरपालिका–१, मेन रोड नारायणगढबाट सेवा थालिएको छ ।
स्थानान्तरण गरिएका दुवै शाखाबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले हाल देशभरका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।