२० वर्ष पुराना सवारीको दर्ता खारेज गर्दा जरिवानामा ८०% छुट

काठमाडौं । बागमती प्रदेश सरकारले २० वर्ष पुराना सवारीसाधनको दर्ता खारेजीका लागि बक्यौता कर बुझाउँदा जरिवानामा ८० प्रतिशत छुट दिने भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयक मार्फत यस्तो व्यवस्था गरेको हो ।

बागमती प्रदेश भित्र दर्ता भई २० वर्ष वा सोभन्दा बढी अवधि पूरा भएका सार्वजनिक सवारी साधनका धनीले आफ्नो सवारी साधनको दर्ता खारेज गराउन चाहेमा २०८१ पुस मसान्तसम्म २० वर्ष अवधिसम्मको तिर्न बाँकी कर बुझाउनु पर्नेछ ।

यसरी २० वर्षसम्मको बाँकी सवारी साधन कर र नवीकरण दस्तुर बुझाउँदा सवारीधनीले जरिवानामा ८० प्रतिशत छुट पाउने छन् ।

प्रदेश सरकारका थरिथरीका कर नीति, कुनको कस्तो ? Read Previous

प्रदेश सरकारका थरिथरीका कर नीति, कुनको कस्तो ?

खराब ब्याटिङले विश्वकपमा नेपाल जितविहीन, बंगलादेशसँग २१ रनले पराजित Read Next

खराब ब्याटिङले विश्वकपमा नेपाल जितविहीन, बंगलादेशसँग २१ रनले पराजित