नेप्सेमा दोहोरो अंकको करेक्सन, सूचक फेरि २१०० अंक तल झर्यो

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत साता ३४ अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ ।

आज ३१२ कम्पनीको ५ अर्ब ४७ करोड रुपैयाँ बढीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूह मध्ये होट समूह बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । माइक्रोफाइनान्स समूह सर्वाधिक १.७१ प्रतिशतले घटेको छ ।

आज पनि नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड ४० लाख रुपैयाँको ४ लाख ७९ हजार ९८७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ६४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स र मनकामाना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

भगवती हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन Read Previous

विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, जेठमा २६ महिना यताकै धेरै किनबेच Read Next

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, जेठमा २६ महिना यताकै धेरै किनबेच