फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।

निगम सञ्चालक समितिको शनिबारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १६५ रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत १५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

आइटी क्षेत्रको कर नीति ५ वर्षसम्म परिवर्तन गर्दैनौं : अर्थमन्त्री पुन Read Previous

आइटी क्षेत्रको कर नीति ५ वर्षसम्म परिवर्तन गर्दैनौं : अर्थमन्त्री पुन

उखु किसानले पाए १ अर्ब ६१ करोड भुक्तानी Read Next

उखु किसानले पाए १ अर्ब ६१ करोड भुक्तानी